बजार परिसूचक एक हजार आठ सय ६६ दशमलव ७९ विन्दुमा
काठमाडौं । यससाता सेयरबजार परिसूचक एक हजार आठ सय ६६ दशमलव ७९ विन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ५३ दशमलव शून्य तीन विन्दुुमा सीमित हुनपुगेको छ ।
यससाता धितोपत्र बजारमा दुुई सय ६९ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुुसार एक करोड ५० लाख ६२ हजार एक सय ४८ कित्ता सेयर खरिदबिक्री भएका छन् । सोही कारोबारका आधारमा यससाता कुल कारोबार रकम चार अर्ब ७८ करोड १६ लाख ४५ हजार ९४ रुपैयाँ कायम भएको छ । यो कारोबार रकम गत साताकाकै हाराहारीमा हो ।
यससाता नेप्सेको नियमित कारोबारकक्ष सातामा पाँच कार्यदिन नै खुला रहेको थियो । जसमध्ये पहिलो, दोस्र्र्रो र पाँचौँ दिन ओरालो लागेको बजार परिसूचक तेस्रो र चौथो दिन भने उकालो लागेको थियो । पहिलो दिन बजार परिसूचक २० अंकले ओरालो लागेर एक हजार आठ सय ८८ दशमलव ५५ विन्दुुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ पनि तीन दशमलव ७२ अंकले ओरालो लागेर तीन सय ५५ दशमलव ७५ विन्दुमा झरेको थियो ।
दोस्रो कारोबार दिन पनि बजार परिसूचक १६ दशमलव ६७ अंकले ओरालो लागेर एक हजार आठ सय ७१ दशमलव ८८ विन्दुुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शून्य पाँच अंकले ओरालो लागेर तीन सय ५२ दशमलव ७१ विन्दुमा झरेको थियो । तेस्रो कारोबार दिन भने बजार परिसूचक पाँच दशमलव दुई अंकले उकालो लागेर एक हजार आठ सय ६६ दशमलव छ विन्दुुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव सात अंकले ओरालो लागेर तीन सय ५१ दशमलव शून्य नौ विन्दुमा झरेको थियो ।
चौथो कारोबार दिन पनि बजार परिसूचक आठ दशमलव तीन अंकले उकालो लागेर एक हजार आठ सय ७५ दशमलव शून्य सात विन्दुुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९७ अंकले उकालो लागेर तीन सय ५३ दशमलव ९५ विन्दुमा चढेको थियो । पाँचौँ कारोबार दिन भने बजार परिसूचक आठ दशमलव दुई अंकले ओरालो लागेर एक हजार आठ सय ६६ दशमलव नौ विन्दुुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव नौ अंकले ओरालो लागेर तीन सय ५३ दशमलव शून्य तीन विन्दुमा झरेको थियो ।
यससाता बढी रकम कारोवार गर्ने कम्पनीहरूको सूचीमा एनआईसी एसिया बैंक, हिमालयन डिष्ट्रिलरी प्रालि, शिवम् सिमेन्ट, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यससाता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया