Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई लाइफको बीमा पोलिसी नवीकरण आईएमई–पेबाट गर्न सकिने

आईएमई लाइफको बीमा पोलिसी नवीकरण आईएमई–पेबाट गर्न सकिने


काठमाडौं । आईएमई ग्रुपअन्तर्गत आईएमई डिजिटल सोलुसन लिमिटेडको आईएमई–पेले प्रदान गर्ने बीमा सेवा भुक्तानीअन्तर्गत अब सेवाग्राहीहरूले सजिलै आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नवीकरण गर्न सकिने भएको छ ।
सेवाग्राहीहरूले आईएमई–पे एप डाउनलोड गरी आईएमई–पे एपमार्फत इन्स्योरेन्सको ‘पे–प्रिमियम’मा गई ‘आईएमर्ई लाइफ नवीकरण’ क्लिक गरी मागिएको विवरण प्रदान गरी केही सेकेन्डमै आफ्नो पोलिसी नवीकरण गर्न सक्नेछन् । उक्त सेवा ग्राहकहरूलाई भौतिकरूपमा बीमा कार्यालय जान नपर्ने र समयमै बीमा नवीकरण गर्न प्रोत्साहान गर्ने उद्देश्यका साथ उपलब्ध गरिएको हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया