एनआरएनएको सक्रियतामा वैदेशिक लगानी भित्र्याउन पहल
काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए) समन्वयमा नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका पूर्वमन्त्री डा. ली नामकी र लगानी बोर्डका कार्यकारी अधिकृत सुशील भट्टबीच भेटवार्ता भएको छ । नेपालमा लगानी भित्र्याउने विषयमा छलफल भएको हो ।
भेटवार्तामा डा. लीले नेपालमा कोरियाका लगानी भित्र्याउन सम्भव रहेको बताउँदै त्यसको लागि बोर्डले पहल गर्न सुझाव दिए । उनले विदेशी लगानी र प्रविधि भित्र्याएर कोरिया विकसित राष्ट्र भएको स्मरण गर्दै नेपालले त्यो वातावरण बनाउनुपर्ने धारणा राखे । भेटवार्ताको क्रममा लीले नेपालले पनि कोरियाको प्रविधि र लगानी भित्र्याएर विकास गर्न सम्भावना रहेको बताउँदै त्यसको लागि बोर्डको सकारात्मक भूमिका आवश्यक रहेको बताए ।
लगानी बोर्डका सीईओ भट्टले सुरक्षाको ग्यारेन्टी सरकारले गरेको बताउँदै ढुक्क भएर लगानीको गर्न आग्रह गरेका थिए । केही कानुनी जटिलता भए त्यसमा आफूहरूले सहजीकरण गर्न तयार रहेको समेत भट्टले बताए । कोरिया–एसिया इकोनमिक कोअपरेसन एसोसियसनका अध्यक्ष समेत रहेका लीले आजै प्रभु बैंकका पदाधिकारीसँग समेत छलफल गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहितको बैठकमा लीले देश विकासमा बैंकहरूको लगानीकर्तालाई आकर्षण गर्न महत्वपूर्ण भूमिका हुने भन्दै त्यसको लागि प्रभु बैंकले भूमिका खेल्न सुझाव दिए ।
छलफलमा सिइओ शेरचनले आर्थिक अवस्था सहज हुँदै गइरहेको भन्दै वैदेशिक लगानीको सुरक्षा वातावरण गर्ने समेत प्रतिबद्धता जाहेर गरेका थिए । दुवै बैठकको समन्वय एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले गरेको थियो । संघका अध्यक्ष विनोद कुँवरले नेपालमा कोरियन प्रविधि र विश्वभर विकशित राष्ट्रले अवलम्बन गरेको विकासको मोडल भित्र्याएर छिट्टै विकास गर्न सकिने र सोका लागि गैरआवासीय नेपालीले भूमिका खेल्ने धारणा राखेका थिए । छलफलमा एनआरएनएकी महासचिव जानकी गुरुङ, कार्यकारी निर्देशक राजेश राणा, रोप वे नेपालका अध्यक्ष गुणराज ढकाललगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया