मेगा क्यापिटलको लगानी व्यवस्थापन सेवा
काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा २०ः८० लगानी व्यवस्थापन सेवा सुरु गरेको छ । उक्त सेवाअन्तर्गत ग्राहकको लगानी पोर्टफोलियोमा विद्यमान मुद्दती निक्षेपमा प्राप्त गर्न सकिने अधिकतम १२ प्रतिशत ब्याजदरभन्दा बढी नाफा भएको खण्डमा मात्र बढी नाफाको २० प्रतिशत नाफा अफूले लिनेगरी साझेदारी गर्नेछ । यो योजनाबाट वार्षिक सञ्चालन सेवाशुल्कमा शतप्रतिशत छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
न्यून जोखिम आय उपकरणमा प्राप्त हुने आम्दानीसम्ममा सेवा शुल्क नलाग्ने हुनाले ग्राहकले न्यून लागतमा व्यावसायिक लगानी व्यवस्थापकको सेवा प्राप्त गर्न तथा सेयर बजारतर्फ लगानी प्रारम्भ गर्न मद्दत पु-याउने आशा क्यापिटलले लिएको छ ।न्यूनतम तीन लाख रुपैयाँ वा सेयर हस्तान्तरण गरेर उक्त सेवा न्यूनतम एक वर्षको लागि लिन सकिनेछ । यो सेवा २०८० वैशाख महिनाभरिको लागि मात्र लागू हुने र अपेक्षित प्रतिफल १५ देखि २० प्रतिशत हुने अनुमान कम्पनीको छ ।
सेयरबजारमा लगानी गर्ने इच्छा हुँदाहुँदै पनि पर्याप्त समय दिन असमर्थ भएका वा सेयरबजारसम्बन्धी जानकारी तथा अनुभव नभए पनि विशेषज्ञहरूबाट व्यावसायिक तवरले लगानी व्यवस्थापन सेवा लिन सकिने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया