एनआईसी एसियाका संस्थापक अध्यक्ष अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एनआईसी एसिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार तथा प्रतिष्ठित व्यवसायी जगदीशप्रसाद अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान गरेका छन् । संविधान दिवसको अवसरमा २०७९ असोज तीन गते घोषित उक्त विभूषण यही वैशाख १ गतेका दिन राष्ट्रपतिको कार्यालय, राष्ट्रपति भवन, महाराजगञ्जमा आयोजित सुशोभन समारोहमा राष्ट्रपति पौडेलले प्रदान गरेका हुन् । सो अवसरमा अग्रवाललाई सम्पूर्ण बैंक परिवार हार्दिक बधाई ज्ञापन गर्दै बैंकको तर्फबाट राष्ट्रपतिप्रति हार्दिक कृतज्ञता जाहेर गरेको बैंकले जनाएको छ ।
विगत छ दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा स्थापित अग्रवालले कुशल व्यावसायिक रणनीतिकार एवं उत्कृष्ट व्यवस्थापकको रूपमा अनुकरणीय उद्यमशीलतामार्फत राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पु-याउँदै आएका छन् । उनी एनआईसी एसिया बैंकको पूर्वअध्यक्ष हुन भने विशाल गु्रपको अध्यक्ष पनि हुन् ।
मैनावती स्टिल इन्डष्ट्रिज, कमला आइरन एन्ड स्टिल इन्टरनेसल प्रालि, कमला रोलिङ मिल्स प्रालि तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रमा काम गर्दै आएका छन् । साथै, उनले बैंक, बीमा र वित्त कम्पनीमार्फत आम सर्वसाधारणको बैंकिङ तथा बीमा पहुँच अभिवृद्धि गर्ने लगायत समग्र अर्थतन्त्र र आम जनमानसको बृहत्तर हितको लागि विशिष्ट योगदान पु-याउँदै आएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया