Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकको कार्यक्रम

महालक्ष्मी विकास बैंकको कार्यक्रम


काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न शाखाहरूमार्फत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोगका कार्यक्रमहरू सम्पन्न गरेको छ ।

बैंकको बानेश्वर शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं ३२, सुविधानगरमा अवस्थित तीनकुने टोल सुधार समितिलाई ५० थान डस्टबिन हस्तान्तरण गरेको छ । यसले त्यस क्षेत्रको फोहोर व्यवस्थापन गरी सफा तथा सुन्दर काठमाडौं बनाउन मद्दत पु¥याउने विश्वास बैंकले राखेको छ । सामग्रीहरू बानेश्वर शाखाका प्रमुख विकाश रावलले तिनकुने टोल सुधार समितिका अध्यक्ष विश्वराज कार्कीलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

यसैगरी बैंकको वीरगंज शाखाद्वारा अलखिया मठ सञ्चालक समितिलाई खानेपानीको ट्याङ्की तथा डस्टबिन हस्तान्तरण गरेको छ । अलखिया मठमा दर्शन गर्न आउने दर्शणार्थीका लागि खानेपानीको सुविधा दिने उद्देश्यले बैंकले समितिलाई उक्त सहयोग गरेको हो । वीरगंज शाखाका प्रमुख पुरुषोत्तम अधिकारीले अलखिया मठ सञ्चालक समितिका अध्यक्ष सुपेन्द्रबहादुर श्रेष्ठलाई सामग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

बैंकको बिचबजार–धादिङ शाखाद्वारा निलकण्ठ नगरपालिका वडा नं ७ मा अवस्थित कर्णेश्वर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति हस्तान्तरण गरेको छ । विद्यालयमा अध्ययनरत विपन्न तथा न्यून आयभएका परिवारका बालबालिकाहरूमध्येबाट जेहेन्दार पाँच जना विद्यार्थीहरूलाई शैक्षिक आवश्यकता पूरा गर्न सहजता मिलोस् भन्ने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको बैंकले जनाएको छ । सो सहयोगबराबरको चेक बैंकको बीचबजार शाखाका प्रमुख खिलप्रसाद सिलवालले विद्यालयका प्रधानाध्यापक विष्णुहरि अधिकारीलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया