Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकको ‘१०औँ हेरिटेज वाक कार्यक्रम’

एनएमबी बैंकको ‘१०औँ हेरिटेज वाक कार्यक्रम’


काठमाडौं । एनएमबी बैंकले १०औँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भएको उक्त कार्यक्रम बबरमहलबाट सुरु भएर पाटन दरबार स्क्वायरसम्म भएको बैंकले जानकारी दिएको छ ।

समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजिक रूपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रर्वद्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त समारोहको आयोजना गरिएको बैंकले जनाएको छ । बैंकले नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा पाटन संग्रहालयमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका सदस्यहरू, ललितपुर उद्योग वाणिज्य संघका सदस्यहरू, नेपाल हस्तकला महासंघका सदस्यहरू, रोटरी क्लब अफ पाटन हेरिटेजका सदस्यहरू तथा सर्वसाधारणहरू गरी लगभग छ सय जनाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा ललितपुर महनगरपालिकाका मेयर चिरिबाबु महर्जनको उपस्थिति रहेको बैंकले जनाएको छ । कार्यक्रममा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाइटीलाई चार लाख ९० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । यसका साथै पाटन संग्रहालयलाई डस्टबिन समेत हस्तान्तरण गरेको छ ।

बैंकले यो कार्यक्रम राजधानी काठमाडौंसहित देशका सातवटै प्रदेशमा आयोजना गरेको जनाएको छ । बैंकले हाल देशभर दुई सय एक शाखा कार्यालय, एक सय ३८ वटा एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया