Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकका सीईओ ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित

नबिल बैंकका सीईओ ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित


काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन् । ढुंगानाले बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मान गरेका हुन् ।

बैंकिङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव संगालेका ढुङ्गाना नेपाल बंगलादेश बैंकमा १० वर्ष सीईओ भई काम गरेका थिए । त्यसअघि नेपाल क्रेडिट एन्ड कमर्स बैंकका महाप्रबन्धक रहेका ढुंगाना राष्ट्र बैंकको निर्देशक पद छाडेर निजी बैंकमा काम गर्न आएका व्यक्ति हुन् ।

नेपाल बंगलादेश बैंक नबिलमा विलय भएपछि ढुंगाना नबिलको सीईओ बनेका हुन् । भारतको चार्टर्ड एकाउन्टेन्सी गरेका उनले अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया