किसान लघुवित्तको लाभांश पारित
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । -याकेट इभेन्टस, बूढानीलकण्ठ, काठमाडौंमा सम्पन्न भएको सो सभाले प्रस्तावित सात प्रतिशत बोनस सेयर र सोबापत लाग्ने कर प्रयोजनको लागि शून्य दशमलव ३६ प्रतिशत नगद लाभांश गरी कुल सात दशमलव ३६ प्रतिशत लाभांश पारित गरेको छ ।
बोनस सेयर जारीपश्चात् कम्पनीको चुक्ता पुँजी ५० करोड ४३ लाख ६६ हजार चार सय ६७ रुपैयाँ पुग्ने कम्पनीका अध्यक्ष लोकराज शर्माले बताए । साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, २०७९ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण स्वीकृत गर्नुका सार्थ आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ ।
सभाले हाल कायम रहेको संस्थापक तथा सर्वसाधारण सेयरधनीहरूको सेयर स्वामित्वमा संशोधन गर्ने निर्णय गर्दै थप सार्वजनिक सेयर निष्काशन गर्ने प्रस्तावलाई समेत पारित गरेको छ । बोनस सेयर र थप सार्वजनिक निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी ६४ करोड २३ लाख पुग्नेछ ।
साधारणसभाले अन्य लघुवित्तसँग एक आपसमा गाभ्ने गाभिने कार्यका लागि बाटो खुला गर्नेसम्बन्धी प्रस्तावलाई पनि पारित गरेको छ । धनगढी, कैलालीमा केन्द्रीय कार्यालय रहेको किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्पोट कार्यालय, बूढानीलकण्ठ, काठमाडांैमा रहेको छ । हाल लघुवित्तले एक सय ३७ वटा शाखामार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया