महालक्ष्मी विकास बैंकको ऋणपत्र पूर्णरूपमा बिक्री
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले २०७९ साल चैत २९ गतेदेखि निष्काशन खुला गरेको ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर–२०८९’ तोकिएको समयभित्रै अर्थात् वैशाख ४ सम्म पूर्णरूपमा बिक्री भएको बताएको छ ।
१० वर्ष अवधि तथा वार्षिक ब्याजदर ११ प्रतिशत भएको ऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका १० लाख कित्ताले हुनआउने जम्मा रकम एक अर्ब रुपैयाँबराबरको ऋणपत्रमध्ये ६० प्रतिशत रकम व्यक्तिगत तवरबाट र ४० प्रतिशत रकम सर्वसाधारण लगानीकर्ताका लागि सार्वजनिक निष्काशन गरिएको थियो । ऋणपत्रका लगानी गर्न इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम चार लाख कित्तासम्मको लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको उक्त ऋणपत्र खरिदका लागि छिटोमा वैशाख चार गते र ढिलोमा वैशाख १३ गतेसम्म आवेदन दिइसक्नुपर्ने व्यवस्था गरिएको थियो । तर वैशाख चार गतेभित्रै सबै ऋणपत्र बिक्री भइसकेकाले ऋणपत्रमा आवेदन दिनुपर्ने म्याथ थप नगरिएको बैंकले जनाएको छ । ऋणपत्रमा माग भएभन्दा ५० प्रतिशत बढी आवेदन परेको छ । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल रहेको थियो । बैंकले हाल देशभर एक सय तीन शाखा कार्यालयहरूमार्फत सात लाख ग्राहकहरूलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया