Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइङवा हइड्रोपावरले आईपीओ निष्काशन गर्ने

इङवा हइड्रोपावरले आईपीओ निष्काशन गर्ने


काठमाडौं । इङवा हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १२ करोड ६८ लाख ६३ हजार नौ सय रुपैयाँको १२ लाख ६८ हजार छ सय ३९ कित्ता बिक्री गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँमध्येबाट ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँबराबरको १८ लाख कित्ता सेयर सर्वसाधारणको लागि छुट्याएको थियो । जसमध्ये आयोजना प्रभावित, कर्मचारी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री गरेपश्चात् बाँकी रहेको सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीको अईपीओ निष्काशनको जिम्मा नेपाल एसबीआई मर्चेन्टले पाएको छ । वैशाख १३ गतेबाट निष्काशन हुने आईपीओ छिटोमा वैशाख १७ गते र ढिलोमा वैशाख २७ गते बन्द हुनेछ । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिनसक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया