Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी लघुवित्तले बोलायो वार्षिक साधारणसभा

एनएमबी लघुवित्तले बोलायो वार्षिक साधारणसभा


काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाले १०औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तले यही वैशाख १५ गते पोखराको सिटी स्क्वारस्थित सभाहलमा वार्षिक साधारणसभा डाकेको हो ।

लघुवित्तले वार्षिक साधारणसभाबाट हाल कायम चुक्ता पुँजी ६५ करोड ५६ लाख ६२ हजार आठ सय ६२ रुपैयाँँको १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । उक्त लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र शून्य दशमलव ५२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ । सो लाभांश साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुने लघुवित्तले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया