Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक १७औँ वर्षमा

सिटिजन्स बैंक १७औँ वर्षमा


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ । २०६४ वैशाख ७ गतेदेखि २०औँ वाणिज्य बैंककोरूपमा स्थापना भएको बैंकले १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको हो । यो अवधिमा बैंकले करिब १५ लाख ५५ हजार ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ ।

बैंकले सातवटै प्रदेशमा एक सय ८२ वटा शाखाहरूमार्फत बैंकिङ सेवा दिँदै आएको छ । बैंकका अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक खर्ब ६२ अर्ब निक्षेप संकलन गरी एक खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले एक अर्ब २४ करोड रुपैयाँँ खुद मुनाफा आर्जन गरेको छ ।

१६औँ वार्षिकोत्सवको अवसरमा बैंकले बिहीबार बिहान सातै प्रदेशमा नौ सय ४२ जनाको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखीकरण हुने अपेक्षा बैंकले लिएको छ । वार्षिकोत्सवको अवसर पारेर बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रम पनि गरेको थियो । सातवटै प्रदेशका २७ स्थानबाट करिब सात सय २६ जना रक्तदाताको सहभागितामा रक्तदान भएको बैंकले जनाएको छ ।

यस्तै बैंकको धरान शाखाले विराट मेडिकल कलेजको सहकार्यमा रेलवे चोक धरानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत सामाजिक रूपान्तरण तथा सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको स्नो याक फाउन्डेसनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया