Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसियाले कमायो चार अर्ब एक करोड रुपैयाँँ

एनआईसी एसियाले कमायो चार अर्ब एक करोड रुपैयाँँ


काठमाडौं । एनआईसी एसिया बंैक लिमिटेडले चालू आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा बैंकले चार अर्ब एक करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन वार्षिक विन्दुगत आधारमा ११ प्रतिशत बढी रहेको बैंकले जनाएको छ ।

यो अवधिमा बैंकले तीन खर्ब १६ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ७७ अर्ब सात करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले स्वपुँजीमा २० दशमलव १७ प्रतिशत प्रतिफल रहेको जनाएको छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ७६ पैसा कायम भएको छ । बैंकले स्वपुँजीमा प्रतिफल र प्रतिसेयर आम्दानीमा अन्य वाणिज्य बैंकभन्दा अगाडि रहेको दाबी गरेको छ ।

बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भएको देखिन्छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार निष्क्रिय कर्जा शून्य दशमलव ८५ प्रतिशतमा सीमित राख्न सफल भएको छ ।

यो अवधिमा चार लाख आठ हजारभन्दा बढी नयाँ ग्राहक थपिएको बैंकले जनाएको छ । अहिले बैंकका कुल ग्राहक संख्या ३७ लाख नाघेका छन् । बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८७ प्रतिशत साना तथा मझौला र खुद्रा प्रकृतिका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको जनाएको छ ।

बैंकले देशभर तीन सय ५९ शाखा कार्यालय, चार सय ७३ एटीएम, एक सय आठ विस्तारित काउन्टर र ८१ शाखारहित बैंकिङ सेवामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

बैंकले स्थापनाकालदेखि अहिलेसम्म प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड रुपैयाँ राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको पनि जनाएको छ । बैंकले गत आर्थिक वर्षमा मात्रै तीन अर्ब ४१ करोड रुपैयाँ राजस्व नेपाल सरकारलाई दाखिला गरेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया