Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल लाइफको क्यास ब्याक अफर

नेपाल लाइफको क्यास ब्याक अफर


काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २२ वर्ष पूरा गरेर २३ वर्षमा प्रवेश गरेको अवसरमा क्यास व्याक अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत वैशाख महिनाभर बीमाशुल्कको नवीकरण ई–सेवामार्फत भुक्तानी गर्ने ग्राहक व्यक्तिहरूले पाँच प्रतिशत वा दुई सय ३० रुपैयाँसम्मको क्यासव्याक प्राप्त गर्न सक्नेछन् ।

इन्स्योरेन्सले आफ्ना ग्राहक तथा अभिकर्ताहरूलाई प्रविधिसँग साक्षात्कार गराउने अभिप्रायका साथ यो अफर सञ्चालनमा ल्याइएको जनाएको छ । प्रविधिको अधिकतम प्रयोग गर्दै कार्यसम्पादन गर्न अब्बल रहेको कम्पनीले बीमाशुल्क नवीकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरू इसेवा, खल्ती, फोनपे, कनेक्ट आईपीएस, आईएमई–पे र प्रभु–पेसँग सम्झौता गरेको छ ।

सम्झौताअनुसार कम्पनीका ग्राहकहरूले घरै बसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले घरबाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथै कारोबार सुरक्षित हुने बताए । उनले आगामी दिनमा कम्पनीलाई झन् प्रविधिमैत्री बनाई ग्राहकहरूलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्न कम्पनी लागिपर्ने बताए । २०५८ साल वैशाख २१ गते स्थापित यस कम्पनीले देशभर फैलिएका एक सय ९२ कार्यालयमार्फत जीवन बीमासम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया