Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइन्स्योरेन्सको बीमा नवीकरण गरी क्यासब्याक जित्ने मौका

इन्स्योरेन्सको बीमा नवीकरण गरी क्यासब्याक जित्ने मौका


काठमाडौं । ‘आईएमई डिजिटल सोलुसन लिमिटेड’को ‘आईएमई–पे’बाट अब घरमै बसी सहजै आफ्नो बीमा पोलीसी नवीकरण गर्न सकिने भएको छ । आईएमई–पेको बीमा सेवाको प्रयोग गरी केही मिनेटमै ग्राहकहरूले आफ्नो बीमा पोलीसी नवीकरण गर्न सक्नेछन् ।

आईएमई लाइफ, एसीयन लाइफ, अजोड इन्स्योरेन्सलगायतका इन्स्योरेन्स कम्पनीहरूको बीमा पोलिसी आईएमई–पेबाटै नवीकरण गर्न सकिने कम्पनीले जनाएको छ । लामो लाइन तथा अन्य झन्झट्बाट ग्राहकवर्गलाई जोगाइ सजिलै बीमा नवीकरण गर्ने उद्देश्यका साथ आईएमई–पेबाट सो इन्स्योरेन्स पोलिसीहरूको नवीकरण गर्ने सुविधा उपलब्ध गराइएको हो ।

साथै नव वर्ष २०८० को उपलक्ष्यमा आईएमई–पेमार्फत आफ्नो बीमा पोलिसी नवीकरण गर्ने ग्राहकले शतप्रतिशत क्यासब्याक प्राप्त गर्ने मौका पाउनेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया