सिद्धार्थ बैंकद्वारा आँखा अस्पताललाई सहयोग
काठमाडौं । सिद्धार्थ बैंकले नेपाल आँखा अस्पताललाई सहयोग गरेको छ । बैंकले काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई आँखा शल्यक्रियाको लागि पाँच लाख १२ हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ । सो रकम बैंकका तर्फबाट त्रिपुरेश्वर सर्कल अफिस प्रमुख अजय सिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरेका छन् ।
बैंकबाट प्राप्त उक्त सहयोग रकम नेपाल आँखा अस्पतालले काभे्रपलाञ्चोक, धादिङ, नुवाकोट र रसुवाजस्ता दुर्गम क्षेत्रका मोतिविन्दु रोगीहरूको पहिचान गरी उनीहरूको आँखा शल्यक्रिया गर्नका लागि उपयोग गर्नेछ । यो सहयोगबाट आर्थिक स्थिति कमजोर भएर मोतिविन्दु रोगको उपचार गर्न नपाएका बिरामीहरूको दृष्टि सुधार गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य राखेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया