Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकद्वारा शिविर सञ्चालन

ज्योति विकास बैंकद्वारा शिविर सञ्चालन


काठमाडौं । ज्योति विकास बैंकले निःशुल्क पाठेघर क्यान्सर परीक्षण तथा स्तन क्यान्सर सचेतना शिविर सञ्चालन गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत काठमाडौंको शंखरापुर नगरपालिका वडा नं.०३, जहरसिंपौवामा निःशुल्क शिविर सञ्चालन गरेको बैंकले जनाएको छ । उक्त शिविरबाट ६५ भन्दा बढी महिलाहरू लाभान्वित भएका छन् ।

पाठेघरको क्यान्सर जाँच, स्तन क्यान्सरबारे सचेतना, प्रारम्भिक पहिचान र रोकथाम गर्ने उद्देश्यका साथ बैंकले एकदिने स्वास्थ्य शिविर आयोजना गरेको हो । जनस्वास्थ्य सरोकार ट्रस्ट, लप्सेफेदी स्वास्थ्य चौकी, काठमाडौं मोडेल हस्पिटल र कीर्तिपुर हस्पिटलको सहकार्यमा उक्त शिविर सम्पन्न भएको बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया