Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक र पल्पसा प्याराडाइजबीच सम्झौता

सिटिजन्स बैंक र पल्पसा प्याराडाइजबीच सम्झौता


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हेटौंडा, मकवानपुरस्थित पल्पसा प्याराडाइज होम प्रालिबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले पल्पसा प्याराडाइज होमबाट उपलब्ध सेवामा बैंकबाट जारी कार्ड प्रयोगगरी भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट पाउनेछन् ।

यसकिसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न संस्थासँग यस किसिमको समझदारी गर्दै आएको जनाएको छ ।

बैंकले देशभर एक सय ८२ शाखा, एक सय ३९ एटीएम तीनवटा विस्तारित काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १५ लाख ४० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया