Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकमा क्याड मोड्युलको सफल कार्यान्वयन

नबिल बैंकमा क्याड मोड्युलको सफल कार्यान्वयन


काठमाडौं । नबिल बैंकले क्रेडिट एडमिनिस्ट्रेसन मोड्युल (क्याड मोड्युल) सफलतापूर्वक कार्यान्वयन गरेको छ । क्याड मोड्युल एसबी सोलुसन्स प्रालिले निर्माण गरेको ऋण व्यवस्थापन प्रणाली, क्रेडिट एक्सको एउटा महत्वपूर्ण मोड्युल हो ।

नबिल बैंकमा करिब एक वर्षदेखि यो सफ्टवेयर प्रणालीको प्रयोग भइरहेको थियो । यस सफ्वेरको प्रयोगबाट बैंकको स्वीकृतिपत्रसँगै, ऋण तमसुक, प्रतिज्ञापत्र, जमानतको लिखतलगायत सम्पूर्ण कानुनी कागजातहरू छिटो र सजिलै तयार गर्दै आएको छ ।

एसबी सोलुसन्सले विगत पाँच वर्षदेखि नेपालको लोन अटोमेसन र प्रोसेस अटोमेसनको क्षेत्रमा काम गर्दै आएको छ । नबिल बैंकले स्वीकृतिपत्र र कानुनी कागजातहरू क्याड मोड्युलबाट तयार गर्न थालेको एक वर्ष पूरा भएसँगै एसबी सोलुसन्सले आफ्नो डिजिटल लेन्डिङको यात्रामा एउटा कोसेढुंगा पार गरेको जनाएको छ ।

डकुमेन्ट जेनेरेसन फिचरले बैंकलाई म्यानुअल प्रक्रियाबाट कागजातहरू तयार पार्न लाग्ने समय घटाई ग्राहकहरूलाई छिटो प्रशासनिक सेवाहरू प्रदान गर्न सहयोग गर्दै आएको छ । कम्पनीले २० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक र वित्तीय संस्थाहरूलाई इनोभेटिभ लेन्डिङ अटोमेसन सोलुसन्सहरू प्रदान गरिसकेको छ ।

क्याड मोड्युल स्वीकृतिपत्रका जटिल अवस्था र निर्भरताहरूलाई ह्यान्डल गर्न सक्ने गरी डिजाइन गरिएको छ, जसले संयुक्त स्वीकृतिपत्र पनि सजिलै तयार गर्न सक्छ । यो प्रणालीले बैंक तथा वित्तीय संस्थाका प्रयोगकर्ताहरूलाई धेरै सहज बनाउँछ । प्रयोगकर्ताहरूले एउटा फारम भर्नासाथ ग्राहकअनुसार स्वीकृतिपत्रसहित आवश्यक सम्पूर्ण कानुनी कागजातहरू प्रणालीले आफैँ तयार गरिदिन्छ । साथै एपीआई कन्जुम गरी अन्य सिस्टमको डाटाहरू लिएर अंग्रेजी इनपुटहरूलाई पनि नेपाली भाषामा अनुवाद गर्नसक्ने भएकाले यसले प्रयोगकर्ताहरूलाई अझ सहज बनाइदिएको छ ।

एसबी सोलुसन्सका सीईओ सञ्जोग मिश्रले क्याड मोड्युललाई नबिल बैंकमा सफल कार्यान्वयन गर्न पाउँदा आफूहरूको लक्ष्य पूरा गर्न कोसेढुङ्गा साबित भएको बताए । बैंक तथा वित्तीय संस्थाहरूको ऋण प्रक्रियालाई सहज, सरल र छरितो बनाउन यसले सकारात्मक नतिजा दिने विश्वास व्यक्त गरे ।

एसबी सोलुसन्स एक सफ्टवेयर कम्पनी हो । कम्पनीले इनोभेटिभ लेन्डिङ अटोमेसन सोलुसन्सहरू बनाई बैंक र वित्तीय संस्थाहरूको ऋण पक्रियालाई व्यवस्थित गर्न मद्दत गर्दै आइरहेको छ । यो कम्पनीले अहिलेसम्म २० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूलाई सेवा प्रदान गरिसकेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया