Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएसएमएल इसुजुको गाडी किन्न एभरेष्ट बैंकले ऋण दिने

एसएमएल इसुजुको गाडी किन्न एभरेष्ट बैंकले ऋण दिने


काठमाडौं । नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्सियल भेहिकल्स प्रालि र एभरेष्ट बैंक लिमिटेडबीच स्कुल बस, रुटबस, ट्रक, टिप्परमा लगानी गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा एभरेष्ट बैंकका तर्फबाट डेपुटी जेनरल म्यानेजर गौरव कुमार र लक्ष्मी कमर्सियल भेहिकल्सका तर्फबाट सेल्स एन्ड अपरेसन डाइरेक्टर कपिल शिवाकोटीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एसएमल इसुजुका ग्राहकहरूले बैंकबाट ऋण लिएर साधन किन्न सक्नेछन् ।

लक्ष्मी कमर्सियल भेहिकल्स लक्ष्मी ग्रुपअन्तर्गतको कम्पनी हो । सन् १९७३ मा स्थापित लक्ष्मी ग्रुपले हुण्डाइका प्यासेन्जर कार र बीएमडब्लूका कारका लागि नेपालको एकमात्र आधिकारिक विक्रेता हो । यस्तै लक्ष्मी ग्रुपले नै हिरो इलेक्ट्रिकका टु ह्विलर स्कुटरहरू र एसएमएल इसुजुका कमर्सियल गाडीहरूको आधिकारिक बिक्रीवितरण गर्दै आएकोे छ ।

सम्झौताअनुसार बैंकले देशभर रहेका एक सय २४ शाखा कार्यालयबाटै लक्ष्मी कमर्सियल भेहिकल्सको गाडी किन्ने ग्राहकलाई ७० प्रतिशतसम्म कर्जा लगानी गर्नेछ । यस्तो कर्जा बढीमा सात वर्षसम्मका लागि हुनेछ । यसका साथै सर्भिस चार्ज र ब्याजदरमा पनि बैंकले सहुलियत उपलब्ध गराउने उल्लेख गरिएको लक्ष्मी कमर्सियलका बिजनेस हेड सञ्जय खड्काले जानकारी दिएका छन् ।

सम्झौतापछि व्यापार बढाउन सहयोग पुग्ने विश्वास कम्पनीले गरेको छ । एसएमएल इसुजुले १४ सिटदेखि ५५ सिट क्षमतासम्मका स्कुल बसहरू, स्टाफ बसहरू तथा तीनदेखि नौ टन क्षमताका ट्रकहरू र तीनदेखि छ क्युबिक मिटर क्षमताका टिपर ट्रकहरू उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया