बिजनेस समिटको बैंकिङ साझेदारमा कामना सेवा विकास बैंक
काठमाडौं । नेपाल बिजनेस समिट २०२३ को डेभलपमेन्ट बैंकिङ साझेदारका रूपमा कामना विकास बैंक रहने भएको छ । संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा वैशाख २४ गते हुने बिजनेस समिटमा डेभलपमेन्ट बैंकिङ साझेदारका रूपमा कामना सेवा विकास बैंक रहने गरी सम्झौता भएको बैंकले जनाएको छ ।
काठमाडौंमा बिहीबार आयोजित विशेष समारोहका बीच बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
कामना सेवा विकास बैंक ग्राहकको चाहनाअनुसार र समयसान्दर्भिक उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बैंक हो । ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित अन्तर्राष्ट्रिय ढाँचामा आयोजना हुने शिखर सम्मेलनमा आर्थिक एवं बैंकिङ क्षेत्रको पछिल्लो आर्थिक अवस्था, टेलिकम्युनिकेसन क्षेत्र र डिजिटल नेपाल फ्रेमवर्कलगायतका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्ताहरूले आफ्नो प्रतिवेदन पेस गर्नेछन् ।
हस्ताक्षर कार्यक्रममा दाहालले आर्थिक विकास नै समृद्धिको मूल आधार भएकाले उद्यमशीलता र व्यावसायिक प्रवर्द्धनका लागि आयोजना हुन लागेको बिजनेस समिटमा विकास बैंकको तर्फबाट साझेदारी गर्न पाएकामा खुसी व्यक्त गरे । सम्मेलनको संयोजक समेत रहेका गैरेले शिखर सम्मेलनले ठूला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने लक्ष्य लिएको जानकारी दिए ।
कार्यक्रममा बैंकका ब्रान्ड, सीएसआर र सर्भिस विभागका प्रमुख श्रीस्टिना मान्धरले सम्मेलनले उद्यमी व्यवसायीले गर्दै आएका नीतिगत र व्यवहारगत समस्या समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवर्द्धन गर्ने र त्यसका लागि साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पु-याउने विश्वास व्यक्त गरिन् ।
सम्मेलनबाट स्वदेशी उत्पादन वृद्धि, उपभोग तथा निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने, रोजगारीका अवसरहरूको सिर्जना हुने, लगानीका सम्भावित क्षेत्रहरूको पहिचानसहित लगानी विस्तार हुने, युवा तथा महिला उद्यम र व्यवसायमा आकर्षित हुने, घरेलु, साना, मझौला उद्योगहरूको स्तरोन्नतिसहित नवप्रवर्तन क्षेत्रमा लगानी बढ्ने, बैंक तथा वित्तीय क्षेत्रको दिगो प्रवर्द्धन हुने तीन तहकै सरकार, निजी क्षेत्र र कूटनीतिक नियोगबीच सम्बन्ध विस्तार भई उच्चस्तरको नेटवर्किङ हुने अपेक्षा राखिएको छ ।
सम्मेलनमा नेपाल सरकार र मातहतका निकायका उच्च अधिकारी, वरिष्ठ राजनीतिज्ञ, विज्ञ र कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय दातृ संस्थाका उच्च अधिकारीहरूको सहभागितामा बृहत् नीति संवाद आयोजना गरिनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया