Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलुम्बिनीमा लक्ष्मी केयर्सको विद्युतीय सवारीसाधन

लुम्बिनीमा लक्ष्मी केयर्सको विद्युतीय सवारीसाधन


काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित तथा सञ्चालित गैरसरकारी संस्था लक्ष्मी केयर्सले लुम्बिनी सम्पदा क्षेत्र परिसरमा प्रयोगका लागि दुई थान विद्युतीय सवारी प्रदान गरेको छ । सो सवारीसाधनहरू ज्येष्ठ नागरिक, फरक ढंगले सक्षमलगायतका धर्मावलम्बी तथा पर्यटकहरूलाई लुम्बिनी सम्पदा क्षेत्र परिसरभित्र निःशुल्क यात्राको लागि प्रयोग हुनेछ । आउँदो बुद्ध जयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आउने धर्मावलम्बीहरूको सुविधालाई ध्यानमा राख्दै सो विद्युतीय सवारीहरू प्रदान गरिएको केयर्सले जनाएको छ ।

शुक्रबार लुम्बिनीमा आयोजित एक कार्यक्रमका बीच केयर्सका अध्यक्ष अनुप श्रेष्ठ र पूर्वअध्यक्ष तथा सल्लाहकार शिशु जोशीले संयुक्तरूपमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय शाक्यपुत्तलाई विद्युतीय सवारीहरू हस्तान्तरण गरेका हुन् । कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यकारी सञ्चालक समितिका सदस्यहरू तथा लक्ष्मी केयर्सका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

लक्ष्मी केयर्सले गत २०७९ चैत १८ गते काठमाडौंमा आयोजना गरेको अरेन्ज भाइब्स, २०२३ साङ्गीतिक कार्यक्रममा संकलित रकमबाट ती विद्युतीय सवारीहरू प्रदान गरेको हो । लक्ष्मी बैंकले विभिन्न सामाजिक कार्यमा सदुपयोग गर्नका लागि रकम संकलन गर्ने उद्देश्यले विविध कार्यक्रमहरूको आयोजना गर्दै आएको छ ।

लक्ष्मी केयर्सले नवीकरणीय ऊर्जा प्रवर्द्धन, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा बालिका शिक्षा कार्यक्रमलगायतका विभिन्न क्षेत्रमा सामाजिक कार्यहरू सञ्चालन गर्दै आइरहेको छ ।

लक्ष्मी केयर्सले बागमती पुल, पाटन दरबार क्षेत्र, भद्रकाली–सिंहदरबार सडक, बाराको गढीमाई मन्दिर, बनेपाको चण्डेश्वरी मन्दिर परिसरलगायतका स्थानहरूमा सौर्य बत्ती जडान गर्नुका साथै विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रम तथा देशभर विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिकरूपले विपन्न तथा जेहेन्दार छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया