Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगुराँस लाइफद्वारा दाबी भुक्तानी

गुराँस लाइफद्वारा दाबी भुक्तानी


काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनीले प्युठानमा एक कार्यक्रमको आयोजना गरी मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. ५ निवासी मनिपाल बुढा मगरकोे परिवारलाई १३ लाख रुपैयाँबराबरको चेक हस्तान्तरण गरेको हो । क्षेत्रीय कार्यालय नेपालगञ्जका क्षेत्रीय प्रमुख मोहनलाल कुँवरले मृतकको श्रीमती रास्टी रोकालाई उक्त चेक हस्तान्तरण गरेका हुन् । बुढाले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा म्यादी जीवन बीमा गरेका थिए । मृत्यु दाबी भुक्तानी बापत आएको केही रकमबाट रोकाले आफ्नो भविष्यको लागि बचत समेत गरेकी छिन् । रोकालाई चार लाख १० हजारको गुराँस जीवन रक्षक बीमा योजनाको बीमालेख समेत कम्पनीले नै प्रदान गरेको छ । बीमालेख ग्रहण गर्दै रोकाले समयमा नै सबैले जीवन बीमा गर्नुपर्ने भन्दै जीवन बीमाले भोलिका दिनहरूमा आर्थिक सहायता प्रदान गर्ने बताइन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया