Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेटलाइफको ‘हेलो बीमा’ भिडियो

मेटलाइफको ‘हेलो बीमा’ भिडियो


काठमाडौं । विश्वव्यापी बीमा प्रदायक मेटलाइफले, बीमाबारे नागरिकमा जनचेतना जगाउने र शिक्षित बनाउने उद्देश्यले नेपालमा ‘हेलो बीमा’ भिडियो श्रृङ्खला ल्याएको छ । जीवन बीमा ज्ञानलाई थप पहुँचयोग्य बनाउन र नेपाली समाजमा रहेका बीमासम्बन्धी गलत धारणालाई हटाउन तीन एपिसोड श्रृङ्खला सामाजिक सञ्जाल वेबसाइटहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

पहिलो श्रृंखलामा बीमाको आधारभूत कुराहरू जस्तैः बीमाका फाइदा र यसलाई कसरी बैंक बचतसँग तुलना गर्न सकिन्छ भन्ने बारेमा जानकारी समावेश गरिएको छ । दोस्रो शृङ्खलाले दर्शकहरूलाई बीमामा विभिन्न सेवाहरू प्रिमियम भुक्तानी सुविधा, उपलब्ध राइडरहरूको बारे जानकारी, व्यतित बीमालेख पुनस्र्थापना गर्ने कदमहरू र बीमा योजनालाई धितो राखी ऋण कसरी लिने भन्ने बारेमा जानकारी दिइएको छ । तेस्रो श्रृङ्खलामा बीमा दाबी गर्ने तरिका, विभिन्न प्रकारका बीमाहरू र उपयुक्त जीवन बीमा कम्पनी कसरी छनोट गर्ने भन्ने विषयवस्तु समावेश गरेकोे छ ।

मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘मेटलाइफले विश्वभरका परिवारहरूलाई एक सय ५५ वर्षदेखि आर्थिकरूपमा सुरक्षित भएको महसुस गराई विश्वस्त भई बाँच्न मद्दत गर्दै आएको छ । यहाँ नेपालमा हामीले धेरै ग्राहकहरूलाई बीमाले प्रदान गर्न सक्ने लाभ तथा आर्थिक आत्मनिर्भरताको बारेमा जानकारी दिँदै आएका छौँ । तर अझै पनि यस विषयमा धेरै काम गर्न बाँकी रहेको महसुस गरेका छौँ । बीमासम्बन्धी ज्ञान मनोरञ्जनात्मक तथा पहुँचयोग्य तरिकामा देशैभर रहेका आम नागरिकमा पु-याउन पाउँदा गौरवान्वित छौँ ।’ कम्पनीले भनेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया