मुक्तिनाथ विकास बैंकको बृहत् वित्तीय साक्षरता
काठमाडौं । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धनका रूपमा मनाउने अभियान अनुरूप मुक्तिनाथ विकास बैंकले शुक्रबार र शनिबार देशभर घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । बैंकले वित्तीय साक्षरता पुराउन र बैंकिङ सेवा सुविधाहरूको जानकारी दिन देशभर बृहत् वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
यो कार्यक्रमको आयोजना देशभरका विभिन्न विद्यालय तथा कलेज, समुदाय केन्द्र तथा अन्य सार्वजजिक स्थलमा गरिएको थियो । ‘जनता बैंकमा हैन बैंक जनतामा जानु पर्दछ’ भन्ने मूल नारा बोकेको यस बैंकले आफ्नोे नारालाई मनन गर्दै कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
बैंकले आयोजना गरेको कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनसहित अन्य सम्पूर्ण कर्मचारी र केही संस्थापक सेयरधनीहरूको सहभागिता रहेको थियो ।
बैंकले विधार्थी, जनमानस तथा ग्राहकहरूमा बैंकका विभिन्न सेवाका बारे घरमै गएर वा एक स्थानबाटै जानकारी गराउँदा उपस्थित सबै सहभागीहरूले बैंकिङ सेवा तथा विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धनसम्बन्धी जानकारी पाउने विश्वास लिएको छ । यसबाट बैंकको नाम मात्र नभई बैंकिङ क्षेत्रको बारेमा पनि साक्षरता बढ्ने बैंकको धारणा छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था पनि गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया