नेपाल रेमिट र ग्रीन डेभलपमेन्ट बैंकबीच सम्झौता
काठमाडौं । नेपाल रेमिट इन्टरनेसनल प्रालि र ग्रीन डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा रेमिटका तर्फबाट उपमहाप्रबन्धक देवबहादुर थापा र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि विदेशबाट नेपाल रेमिटमार्फत पठाएको रेमिट्यान्स् ग्रीन डेभलपमेन्ट बैंकका १६ वटै शाखा कार्यालयमार्फत भुक्तानी प्राप्त गर्न सकिन्छ । यसका साथै ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकले सिधै आफ्नो बैंक खातामा समेत नेपाल रेमिटमार्फत पठाएको रकम प्राप्त गर्न सक्नेछन् ।
नेपाल रेमिट इन्टरनेसनल प्रालिले विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ । डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आएको रेमिटले नेपालमा रहेका थुप्रै बैंक तथा वित्तीय संस्थाहरूबाट ग्राहकका खातामा तत्काल रकम जम्मा हुने व्यवस्था गरेको छ । यस्तै देशभर रहेका १५ हजारभन्दा बढी एजेन्ट नेटवर्कमार्फत सहजै रेमिट्यान्स भुक्तानी लिन सकिन्छ । ग्रीन डेभलपमेन्ट बैंकले बाग्लुङ, म्याग्दी, कास्की, तनहुँ र नवलपुर जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया