नमस्ते–पेको प्रमुख कार्यकारीमा पोखरेल
काठमाडौं । नमस्ते–पेको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रवीणराज पोखरेल नियुक्त भएका छन् । पोखरेलले वैशाख १७ गते आइतबारदेखि कार्यभार सम्हालेका छन् । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको सञ्चालक समितिको वैशाख १५ गते बसेको बैठकले पोखरेललाई कम्पनीको नयाँ सीईओ नियुक्त गरेको हो ।
नवनियुक्त सीईओ पोखरेलले बैंकको पहुँच नभएका स्थानमा पनि आधुनिक सेवा उपलब्ध गराएर नगदरहित समाजको निर्माण गर्ने उद्देश्यसहित काम गर्न केन्द्रित हुने बताए । पोखरेलसँग बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली र फिनटेक कम्पनीहरूमा २७ वर्षभन्दा बढी काम गरेको अनुभव छ ।
यसअघि पोखरेलले एफवान सफ्ट इन्टरनेसनल र एमएन नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन् । पोखरेलले ग्लोबल बैंक, नबिल बैंक, बैंक अफ काठमाडौं र हिमालयन बैंकमा वरिष्ठ व्यवस्थापन र मध्य व्यवस्थापन पदहरूमा काम गरिसकेका छन् । उनीसँग यूकेएड कोषको परियोजनामा मोबाइल फाइनान्सियल सर्भिस र भुक्तानी प्रणाली सल्लाहकारका रूपमा काम गरेको अनुभव पनि छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया