Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसपोर्ट लघुवित्त वित्तीय संस्थाको खुद नाफा घट्यो

सपोर्ट लघुवित्त वित्तीय संस्थाको खुद नाफा घट्यो


काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद मुनाफामा कमी आएको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ६३ लाख ३१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा लघुवित्तको नाफा एक करोड १० लाख ८४ हजार रुपैयाँ रहेको थियो ।

नौ करोड ५२ लाख ३८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले चालू आवको तेस्रो त्रैमासमा २८ करोड ७८ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३९ करोड ७० लाख २३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अवधिमा चार करोड ५२ लाख १० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको लघुवित्तको प्रोभिजन रकम शून्य रहेको छ भने निष्क्रिय कर्जा तीन दशमलव २६ प्रतिशत छ ।

गत आवको तेस्रो त्रैमासमा लघुवित्तले २५ करोड ५६ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २४ करोड ८७ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ४२ लाख ५१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ५२ लाख ५१ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जा चार दशमलव १४ प्रतिशत थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया