आईएमई लाइफको सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले सातै प्रदेशमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम प्रदान गर्दै आएको छ । इन्स्योरेन्सले काठमाडौंको कान्तिपथस्थित होटल यल्लो प्यागोडामा सातै प्रदेशका प्रमुख, क्षेत्रीय प्रमुख तथा व्यवस्थापन समूहका ३० जनालाई तालिम प्रदान गरेको हो ।
आपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैंक र बीमाको माध्यमले शुद्धीकरण गर्ने गरिएको छ । यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यससम्बन्धी कानुनी व्यवस्था, शुद्धीकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रक्रियाबारेमा कम्पनीले तालिम प्रदान गरेको हो । कम्पनीका कम्प्लायन्स प्रमुख ममता जयसवालले सम्पति शुद्धीकरण निवारण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत प्रशिक्षण दिएकी थिइन् ।
गैरकानुनी कमाइ र आतङ्कवादी कार्यबाट संकलित कालोधनलाई बीमा क्षेत्रको माध्यमले शुद्धीकरण गर्ने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रक्रियाहरू के–के हुन्, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी गराइएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया