Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्र उत्थान लघुवित्तको लाभांश घोषणा

राष्ट्र उत्थान लघुवित्तको लाभांश घोषणा


काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई उक्त अनुपातमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

संस्थाको चुक्ता पुँजीको १४ दशमलव २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पछि लघुवित्तको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया