Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमल्टिपर्पस फाइनान्सको नाफा ५३ लाख

मल्टिपर्पस फाइनान्सको नाफा ५३ लाख


काठमाडौं । मल्टिपर्पस फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ५३ लाख ६६ हजार नौ सय तीन रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सको यस्तो नाफा पाँच लाख ७४ हजार ६८ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ४५ करोड २० लाख रुपैयाँ रहेको फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा एक अर्ब ३९ करोड १४ लाख ६५ हजार सात सय ४० रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ११ करोड ६१ लाख १३ हजार चार सय १३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन करोड दुई लाख १४ हजार तीन सय ३२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सको एक दशमलव १३ प्रतिशत निष्क्रिय कर्जा रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले ८४ करोड सात लाख ६० हजार आठ सय ५६ रुपैयाँ निक्षेप संकलन गरी ७१ करोड २३ लाख १३ हजार आठ सय ५२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ६३ लाख ३९ हजार पाँच सय ९६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सको एक दशमलव ७६ प्रतिशत निष्क्रिय कर्जा रहेको थियो । उक्त अवधिमा १० करोड १४ लाख ३४ हजार १० रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सको चार दशमलव ६८ प्रतिशत निष्क्रिय कर्जा रहेको थियो । तेस्रो त्रैमासिकसम्म फाइनान्सको वितरणयोग्य मुनाफा नौ करोड ४२ लाख ४७ हजार आठ सय ८२ रुपैयाँले ऋणात्मक रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया