Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायन्स फाइनान्सको नाफा ४६ लाख ३९ हजार

रिलायन्स फाइनान्सको नाफा ४६ लाख ३९ हजार


काठमाडौं । रिलायन्स फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ४६ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सको यस्तो नाफा तीन करोड ८२ लाख ८६ हजार रुपैयाँ रहेको थियो ।

एक अर्ब पाँच करोड ३० लाख छ हजार रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा छ अर्ब ५६ करोड ८१ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ३४ करोड तीन लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा १५ करोड ४९ लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सकोे निष्क्रिय कर्जा चार दशमलव २६ प्रतिशत छ । वितरणयोग्य नाफा तीन करोड ८१ लाख ९४ हजार रुपैयाँ रहेको वित्तीय विवरणमा देखिन्छ ।

फाइनान्सले गत आर्थिक वर्षको सोही अवधिमा छ अर्ब ६७ करोड दुई लाख ७३ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब १७ करोड १७ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १८ करोड ६१ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ६९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया