Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवा र मनकामना अस्पतालबीच सम्झौता

कामना सेवा र मनकामना अस्पतालबीच सम्झौता


काठमाडौं । कामना सेवा विकास बैंक र मनकामना अस्पताल, भरतपुरबीच सम्झौता भएको छ । सम्झौतापछि बैंकका ग्राहकले मनकामना अस्पतालको ओपीडी सेवा, समान्य वार्ड, बेड शुल्क, ओटी शुल्क, सीटी स्क्यान, आईसीयू, एनआईसीयू, एचडीयू/नर्सरी सेवाहरूमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । अस्पतालले प्रदान गर्ने सेवासुविधामा बैंकका कर्मचारीहरूले २० प्रतिशतसम्म र बैंकका ग्राहकहरूले १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंकसँग आबद्धता प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया