Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्रामीण विकास लघुवित्तको नाफामा उच्च गिरावट

ग्रामीण विकास लघुवित्तको नाफामा उच्च गिरावट


काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा गिरावट आएको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड ९० लाख छ हजार रूपैयाँ खुद मुनाफा कमाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको नाफा २८ करोड ३४ लाख ८५ हजार रूपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ९८ करोड २५ लाख रूपैयाँ रहेको लघुवित्तले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा तीन अर्ब ७५ करोड ६३ लाख तीन हजार रूपैयाँ निक्षेप संकलन गरी १२ अर्ब ७१ करोड ७६ लाख तीन हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ६७ करोड ३१ लाख ७२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ११ करोड ८२ लाख ८४ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जा सात दशमलव ९४ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले तीन अर्ब ९३ करोड ५२ लाख नौ हजार रूपैयाँ निक्षेप संकलन गरी १४ अर्ब १३ करोड ५७ लाख ४२ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ९१ करोड ५६ लाख ७५ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया