Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘दृश्य लाउन्ज’मा छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘दृश्य लाउन्ज’मा छुट


काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन नयाँ बानेश्वरको ‘दृश्य लाउन्ज’सँग छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरेको छ । सम्झौतापछि मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले नयाँ बानेश्वरको ‘दृश्य लाउन्ज’मा फुड एन्ड बेभरेजमा विशेष १५ प्रतिशत छुट प्राप्त गर्नसक्ने बैंकले जानकारी दिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यो विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया