Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट बैंकको नयाँ शाखा

एभरेष्ट बैंकको नयाँ शाखा


काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरूलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधा उपलब्ध गराउने उद्देश्यका साथ सोमबार नवलपरासी पश्चिममा आफ्नो एक सय २५औँ शाखा कार्यालयको उद्घाटन गरेको छ ।

सो शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नवलपरासी पश्चिमका जिल्ला सभापति केशवप्रसाद भण्डारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्तरूपमा गरेका छन् । उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल नवलपरासी पश्चिमका प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, बर्दघाट नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष बेधविना तिवारी, इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक विरेन्द्र केसी, बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक लवप्रसाद कुइँकेल र बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीलगायतको उपस्थिति थियो ।

उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नवलपरासी पश्चिमका जिल्ला सभापति भण्डारीले बर्दघाटमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले बर्दघाट र सो आसपासका बासिन्दाहरूलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले पंजाब नेसनल बैंक भारतसँगको साझेदारीमा सञ्चालित बैंक भएकाले पूर्वभारतीय गोर्खा सैनिकले पेन्सन तथा अन्य बैंकिङ सेवा तथा सुविधा उपभोग गर्न अझ सहज हुने विश्वास व्यक्त गरे ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया