सिद्धार्थ बैंकको नयाँ बचत खाता सार्वजनिक
काठमाडौं । सिद्धार्थ बैंकले नेपालमै पहिलो पटक अद्वितीय सुविधा भएको ‘सिद्धार्थ–पे एन्ड सेभ खाता’ सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै उक्त खाता सञ्चालनमा ल्याइएको हो ।
शून्य मौज्दातमै खोल्न सकिने यस खातामा अभिभावकले डेबिट कार्ड र मोबाइल बैंकिङमार्फत एक सय रुपैयाँँभन्दा बढीको विद्युतीय कारोबार गरेको अवस्थामा सो कारोबार रकमलाई आधार बनाई निश्चित रकम अभिभावकको खाताबाट कट्टा भई बालबालिकाहरूको खातामा स्वतः जम्मा हुनेछ । डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै बालबालिकाको लागि स–साना बचत गर्दै जान अभिपे्ररित गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएकोे बैंकले जनाएको छ । यो खातामा बैंकले अभिभावक र बालबालिका दुवैको खातामा विशेष आकर्षणको रूपमा पहिलो वर्षका लागि निःशुल्क डेबिट कार्ड र बैंक स्मार्ट एक्सपी सेवा प्रदान गर्नेछ । साथै, ग्राहकहरूलाई यस खाता खोली यथाशीघ्र लाभ लिन प्रेरित गर्ने उद्देश्यका साथ सीमित अवधिका लागि क्यासब्याक योजना पनि उपलब्ध गराइएको छ ।
क्यासब्याक योजनाअन्तर्गत अभिभावकले डेबिट कार्डमार्फत पहिलो पटक पीओएस वा अनलाइनबाट न्यूनतम एक हजार रुपैयाँँको कारोबार गर्दा कारोबार रकमको पाँच प्रतिशत (अधिकतम एक सय रुपैयाँँ) क्यासब्याक पाउन सक्नेछन् । यसरी प्रदान गरिने क्यासब्याक रकम बालबालिकाहरूको खातामा जम्मा हुनेछ । खाताले अभिभावकलाई डिजिटल प्रणालीको प्रयोग गर्न उत्प्रेरित गर्नुका साथै सानो बचत गरी आफ्नो बालबालिकाहरूको लागि केही रकम बचत गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले देशभर रहेका एक सय ९५ वटा शाखा कार्यालयबाट सहजै यो बचत खाता खोल्न सकिने जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
- २२ अर्बको राजस्वमा कार्यकारीको खेलवाड
- लघुवित्तहरूमा वित्तीय जोखिम बढ्दो
- ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ प्रस्तावमै सीमित
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया