Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई पेबाट रेमिट्यान्स भुक्तानी लिँदा बोनस पाइने

आईएमई पेबाट रेमिट्यान्स भुक्तानी लिँदा बोनस पाइने


काठमाडौं । ‘आईएमई पे’ मा अन्तर्राष्ट्रिय साझेदारहरुबाट रेमिट्यान्स प्राप्त गर्दा अब ग्राहकले एक सय रुपैयाँ बोनस पाउने भएका छन् । आईएमई पेले आईएमई रेमिटसँगको सहकार्यमा सजिलै आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गर्न मिल्ने सुविधा प्रदान गरेको छ ।

पछिल्लो समय आईएमई पेले वालेटमा रेमिट्यान्स दाबी गर्दा ५० रुपैयाँ बोनस दिँदै आएको थियो । अबभने ग्राहकले अमेरिका, यूरोप, क्यानाडा, मलेसिया, कतार, युएई, कुवेत, बहराइन लगायत विश्वको जुनसुकै स्थानबाट मनी ग्राम, इन्स्ट्यान्ट क्यास, अल अन्सारी एक्सचेन्ज, वर्ल्डवाइड क्यास एक्स्प्रेस र इजी रेमिटबाट पठाइएको रेमिट्यान्सको रकम आईएमई पेबाट प्राप्त गर्दा ग्राहकले एक सय रुपैयाँ बोनस पाउने सुविधा दिएको हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया