अन्नपूर्ण केबलकारको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । दुई वर्षदेखि कास्कीको पोखरामा सञ्चालनमा रहेको अन्नपूर्ण केबलकारले साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । केबलकारले आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकको रुपमा काम गर्न मुक्तिनाथ क्यापिटलसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा केबलकार सञ्चालक समितिका अध्यक्ष कालु गुरुङ र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
२०७८ फागुन छ गतेदेखि सञ्चालनमा आएको अन्नपूर्ण केबलकार कम्पनीको जारी पुँजी एक अर्ब ५५ करोड छ । जसको २० प्रतिशतले हुने ३१ करोड रुपैयाँबराबरको ३१ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँका दरले आईपीओ निष्काशन गर्नेछ ।
आईपीओ निष्काशनपछि कम्पनीले थप परियोजनामा समेत लगानी गर्ने योजना बनाएको अध्यक्ष गुरुङले जनाएका छन् ।
पोखरा महानगरपालिका–१८ सेतीबगरस्थित अन्नपूर्ण केबलकारको बटम स्टेसन निर्माण गरिएको छ । जसको निर्माण लागत एक अर्ब ९७ करोड रुपैयाँ लागेको कम्पनीले जनाएको छ । जसमा कम्पनीका संस्थापकले सुरुमा इक्विटीमा ९० करोड लगानी गरेका थिए । केबलकार निर्माणको लागि कम्पनीले बैंकसँग एक अर्ब सात करोड रुपैयाँ ऋण लिएको छ ।
केबलकारको माथिल्लो स्टेसन सराङकोटमा पञ्चमुखे गणेशको मूर्ति निर्माण भइरहेको गुरुङले जनाएको छ । ४८ फिट अग्लो र ४४ फिट चौडाइ रकेको मूर्ति विश्वकै ठूलोमध्येको एक रहेको दाबी कम्पनीको छ । यसबाहेक भ्यू टावर, मूर्तिसहित अन्य संरचना आगामी छ महिनाभित्र निर्माणसम्पन्न गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।
केबलकार चढेर सराङकोटबाट सूर्योदय, सूर्यास्त, हिम शृंखलासहित फेवातालको अवलोकन गर्न सकिनेछ । हिमालको सबैभन्दा नजिक रहेको केबलकार नेपालकै पहिलो हो । केबलकारको निर्माण जापानी निप्पोन केबलकारको प्रविधि प्रयोग गरी गरिएको छ ।
२०७८ फागुनदेखि सञ्चालनमा आएको केबलकारमा क्याबिनसहित १८ वटा गोन्डोला छ । केबलकारको सुरुको स्टेसनदेखि अन्तिमसम्म १३ वटा टावर छ । एउटा गोन्डोलामा आठ जनाले यात्रा गर्न मिल्छ । एक घण्टामा पाँच सय यात्रुले यात्रा गर्न सकिने कम्पनीले जनाएको छ । अन्नपूर्ण केबलकार नेपालमा सञ्चालित केबलकारमध्ये हिमशृंखलाको सबैभन्दा नजिक र विदेशी लगानी भएको एकमात्रै केबलकार हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
- २२ अर्बको राजस्वमा कार्यकारीको खेलवाड
- लघुवित्तहरूमा वित्तीय जोखिम बढ्दो
- ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ प्रस्तावमै सीमित
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया