एनआईसी एसियाको क्यास डिपोजिट मेसिन
काठमाडौं । एनआईसी एसिया बैंकले लामो लाइनमा बसेर डिपोजिट गर्नुपर्ने बाध्यताको अन्त्य गर्न आफैँले मेसिनको प्रयोग गरी रकम जम्मा गर्नसक्ने सुविधा ल्याएको छ ।
बैंकले देशभर सञ्चालनमा रहेका १० शाखा कार्यालयमा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको हो । बैंकले काठमाडौंको न्युरोड विशालबजार शाखा, कमलादी शाखा, खिचापोखरी शाखा, त्रिपुरेश्वर शाखा, रजिष्टर्ड अफिस (थापाथली) रुपन्देहीस्थित बुटबल शाखा, कास्कीस्थित पोखरा शाखा, महेन्द्रनगर शाखा, कैलालीस्थित धनगढी चौराहा शाखा, मोरङ विराटनगर शाखा र पर्सा वीरगञ्ज शाखामा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बैंकिङ सेवा डिजिटल बन्दै गइरहेका बेला बैंकले नगद जम्मा गर्न पनि मेसिनको प्रयोग गरेको बताए । उनले भने, ‘अन्य धेरै सेवा डिजिटलमा रुपान्तरण भइरहेको बेला डिपोजिटलाई कसरी डिजिटल बनाउने भन्ने समस्या भइरहेको छ । यसै अवस्थामा हामीले बैंक शाखामा लाइन नबसी क्यास डिपोजिट मेसिनबाट एनआईसी एसिया बैंकको आफ्नो खातामा वा अरु यसै बैंकको अरुको खाता रकम डिपोजिट गर्न सकिने व्यवस्था मिलाएका छौँ ।’ क्यास डिपोजिट मेसिनबाट रकम डिपोजिट गर्दा कुनै पनि कागजी फारम भर्नुपर्दैन । मेसिनमा खाता नम्बर र मोबाइल नम्बर उल्लेख गरेपछि रकम डिपोजिट गर्न सकिन्छ । यो सेवा हाललाई बैंकिङ समयभित्र उपलब्ध गराइएको बैंकले जनाएको छ । खाता नम्बर र मोबाइल नम्बरका आधारमा रकम जम्मा गर्न सकिने यस मेसिनमा पाँच सय र एक हजार रुपैयाँका नोटहरु डिपोजिट गर्न सकिन्छ । खातामा एक पटकमा अधिकतम ९९ हजार पाँच सय र एक दिनमा अधिकतम ९ लाख ९९ हजार पाँच सय रुपैंयाँसम्म नगद जम्मा गर्न सकिने बैंकले जनाएको छ । सुरक्षाको तहलाई मजबुत बनाउन खातामा उल्लेख मोबाइल नम्बर मेसिनमा उल्लेख गरेपछि सोही मोबाइलमा अस्थायी पासवर्ड (ओटीपी) कोड प्राप्त हुन्छ । बचतकर्ताले उक्त कोड क्यास डिपोजिट मेसिनमा उल्लेख गरेपछिमात्र नगद जम्मा गर्न सकिन्छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया