Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन बैंकको नयाँ काउन्टर प्रहरी अस्पतालमा

हिमालयन बैंकको नयाँ काउन्टर प्रहरी अस्पतालमा


काठमाडौं । हिमालयन बैंकले महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले यही वैशाख २१ गतेदेखि काउन्टर सञ्चालनमा आएको जनाएको छ ।

काउन्टर सञ्चालनका लागि बैंक र अस्पतालबीच सम्झौता नै भएको थियो । सम्झौताअनुसार बैंकले अस्पतालमा सार्वजनिक विदाको दिनसमेत गरी २४सै घण्टा सेवा दिनुपर्नेछ । काउन्टर सञ्चालनमा आएपछि अस्पतालमा आउने बिरामी र तिनका आफन्तलाई पैसा भुक्तानी गर्न सहज हुने विश्वास लिइएको छ ।

नगद संकलन काउन्टर सञ्चालनमा ल्याउने सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा र अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर डा. आशा सिंहले हस्ताक्षर गरेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया