Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनिर्धन उत्थानको नाफामा उच्च गिरावट

निर्धन उत्थानको नाफामा उच्च गिरावट


काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा चार करोड ४० लाख २४ हजार तीन सय छ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको नाफा ८० करोड २६ लाख ९७ हजार छ सय ४७ रुपैयाँ रहेको थियो ।

दुई अर्ब ६१ करोड २० लाख ७९ हजार सात सय ५० रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले चैत मसान्तसम्म १९ अर्ब छ करोड ३२ लाख ९२ हजार आठ सय १६ रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ५७ करोड ९० लाख ३० हजार छ सय ५१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अवधिमा एक अर्ब ४० करोड ९७ लाख ५२ हजार पाँच सय पाँच रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । लघुवित्तको निष्क्रिय कर्जा १२ दशमलव शून्य नौ प्रतिशत छ । वितरणयोग्य मुनाफा तीन करोड ४३ लाख ३८ हजार नौ सय ५९ रुपैयाँ छ ।

लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा १८ अर्ब १८ करोड २८ लाख २९ हजार पाँच सय २२ रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब १६ करोड ८९ लाख ९४ हजार एक सय ९२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । सो अवधिमा एक अर्ब ५६ करोड ९७ लाख ९२ हजार नौ सय ७४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको तेस्रो त्रैमासिकमा लघुवित्तको निष्क्रिय कर्जा तीन दशमलव ३३ प्रतिशत थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया