मानुषी लघुवित्तको गोष्ठी सम्पन्न
काठमाडौं । मानुषी लघुवित्तले सानो गौचरन शाखाअन्तर्गतको वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । गोष्ठीलाई सम्बोधन गर्दै लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले न्यूनवर्गीय महिलाको दैनिकीमा लघुवित्तले दिने सेवाबाट परेको प्रभावबारे प्रकाश पारेकी थिइन् ।
काठमाडौं महानगरपालिका वडा नं. ५ का अध्यक्ष प्रमुख अतिथि रहेको कार्यक्रममा वक्ताहरुले महिला उद्यमशीलताको विकासका लागि लघुवित्तले सहजीकरण गरी समाजमा महिलाको आर्थिक स्तर उकास्न अहम् भूमिका खेलेको बताए । कार्यक्रममा संस्थामा आबद्ध महिलाहरुले आफ्नो सीप प्रयोग गरी बनाएका विभिन्न सामानहरुको प्रदर्शनी गरिएको थियो । यस्तै उत्कृष्ट उद्यमी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट केन्द्र प्रमुख तथा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको लघुवित्तले जनाएको छ ।
काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको संस्था हो । लघुवित्तले विभिन्न १४ जिल्लामा ३६ शाखामार्फत ३४ हजार चार सय ३२ सदस्यलाई सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया