Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–४ ठेगाना भई भक्तपुर ठिमी नगरपालिका–४ बस्ने ४६ वर्षीया भावना श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक २२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा २५ लाख ९० हजार रुपैयाँ जरिवाना र पाँच दिन कैद सजाय ठहर भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर ठिमीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा उपस्थित गराइएको प्रहरीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया