Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेसनल लाइफले नौ महिनामा कमायो २९ करोड ६९ लाख

नेसनल लाइफले नौ महिनामा कमायो २९ करोड ६९ लाख


काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २९ करोड ६९ लाख २५ हजार तीन सय ४० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा २५ करोड ५६ लाख नौ हजार दुई सय ८७ रुपैयाँ थियो ।

हाल चुक्ता पुँजी चार अर्ब ६४ करोड चार लाख ३१ हजार आठ सय ७५ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी आठ रुपैयाँ ५३ पैसा छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ एक सय १५ रुपैयाँ २५ पैसा छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया