Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स सुपर ३० म्युचुअल फन्डको बाँडफाँट

सिटिजन्स सुपर ३० म्युचुअल फन्डको बाँडफाँट


काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने तेस्रो योजना ‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’को बाँडफाँट कार्य सम्पन्न भएको छ । कम्पनीले वैशाख ६ देखि वैशाख २० गतेसम्म निष्काशन गरेको कुल ७५ करोड आवेदन रकम प्राप्त भएकोमा वैशाख ३१ गते आइतबार बाँडफाँट सम्पन्न गरेको हो ।

कम्पनीले निष्काशनकार्यमा सहयोग तथा सद्भाव प्रदान गर्ने सम्पूर्ण लगानीकर्ता, नेपाल धितोपत्र बोर्ड, सीडीएसी, सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, सम्पूर्ण शुभेच्छुकहरू, तथा अन्य नियमन निकायहरूप्रति हार्दिक धन्यवादज्ञापन गरेको छ । निरन्तर सहयोग र सद्भावले क्यापिटललाई अझ बढी नवीनतम र उत्कृष्ट सेवा प्रदान गर्न थप अभिप्रेरित गरेको सिटिजन्स क्यापिटल जनाएको छ । योजनाको कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड तथा कोष योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया