Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमिर्मिरे लघुवित्तको नाफा झण्डै सात करोड

मिर्मिरे लघुवित्तको नाफा झण्डै सात करोड


काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा छ करोड ९६ लाख १४ हजार एक सय ३५ रुपैैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको यस्तो नाफा १९ करोड २४ लाख ४६ हजार नौ सय १३ रुपैयाँ रहेको थियो ।

६५ करोड ३३ लाख ८२ हजार छ सय २८ रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब ७० करोड ९४ लाख ४२ हजार सात सय ५२ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ४२ करोड ६१ लाख ७४ हजार चार सय ६३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । समीक्षा अवधिमा ३४ करोड ४३ लाख २३ हजार तीन सय ६९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तको निष्क्रिय कर्जा चार दशमलव ९३ प्रतिशत छ । लघुवित्तको वितरणयोग्य नाफा तीन करोड ९३ लाख ६३ हजार छ सय ८८ रुपैयाँ छ ।

गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले दुई अर्ब ७४ करोड २३ लाख दुई हजार ४१ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ८६ करोड २६ लाख ३३ हजार छ सय ६० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४५ करोड ३१ लाख ५५ हजार एक सय ५० रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तको निष्क्रिय कर्जा एक दशमलव ९४ प्रतिशत थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया