Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहुली लघुवित्तको नाफा एक करोड ३५ लाख

महुली लघुवित्तको नाफा एक करोड ३५ लाख


काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड ३५ लाख १७ हजार एक सय ८२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको यस्तो नाफा आठ करोड २३ लाख ३७ हजार नौ सय ७८ रुपैयाँ थियो ।

२८ करोड २१ लाख ६९ हजार चार सय ४० रूपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा एक अर्ब ६५ करोड ८५ लाख चार हजार सात सय ४० रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब ११ करोड २२ लाख ८८ हजार आठ सय ४० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २० करोड ६४ लाख ३९ हजार छ सय ९० रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तको निष्क्रिय कर्जा सात दशमलव ७८ प्रतिशत छ ।

गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले एक अर्ब ६४ करोड पाँच लाख ८४ हजार तीन सय ६८ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ४५ करोड ८७ लाख ३६ हजार नौ सय ११ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २३ करोड ३० लाख ६२ हजार तीन सय ५६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तको निष्क्रिय कर्जा दुई दशमलव ५९ प्रतिशत थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया