सानिमा रिलायन्स र कृषि सहकारीबीच सम्झौता
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र नेपाल कृषि सहकारी केन्द्रीय संघबीच बीमासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार नेपाल कृषि सहकारीका देशभर रहेका सदस्यताप्राप्त कृषि तथा साना किसान कृषि सहकारी संस्थाहरुका विपन्न तथा साना किसान सदस्यहरुलाई म्यादी जीवन बीमा सेवा प्रदान गरिने छ । म्यादी बीमा एकप्रकारको लागत प्रभावी जीवन बीमा योजना हो । यस योजनाअन्तर्गत बीमितको मृत्यु भएमा बीमांक रकम प्रदान गरिनेछ ।
संघले आफ्नो स्थापनाकालदेखि नै ग्रामीण गरिबी न्यूनीकरण र समावेशीकरणका लागि सदस्यहरुको क्षमता वृद्धि गरी सामाजिक पुँजीको विकास गर्न उत्पे्ररणा गर्ने नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । संघले सदस्य संस्थाहरुलाई कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न, व्यावसायिक योजना तथा रणनीतिक योजना बनाउन सहयोग पुयाई गैरवित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । हाल यस संघबाट नेपालको ७७ जिल्लामा १२ सयभन्दा बढी संस्थाहरुमा वार्षिक १२ लाख साना किसान परिवारहरूले सेवा लिइरहेका छन् ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लि, साबिक रिलायन्स लाइफ इन्स्योरेन्स लि र साबिक सानिमा लाइफ इन्स्योरेन्स लि एक–आपसमा गाभिएर, प्रचलित नियम तथा कानुनबमोजिम सम्बन्धित नियमनकारी निकायबाट बीमा व्यवसाय सञ्चालन गर्न अनुमति प्राप्त गरी बीमा व्यवसाय प्रदान गर्दै आइरहेको संस्था हो ।
साबिकको सानिमा लाइफ र रिलायन्स लाइफ मर्ज भई बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले विगत पाँच वर्षदेखि बीमा सेवा प्रदान गर्दै आइरहेको छ । इन्स्योरेन्सले देशभर एक सय ७५ शाखा सञ्जालमार्फत १० लाखभन्दा बढी ग्राहकलाई बीमा सुविधा दिइरहेको छ । यस योजनामार्फत देशभर छरिएर रहेका विपन्न तथा साना किसान सदस्यहरुलाई बीमाको परिधिभित्र समावेश गर्न सफल हुने विश्वास गरिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया